
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक २६.५३ अंकले बढेर दुई हजार ६२२.२८ को विन्दुमा कायम भएको हो ।
आज ३२८ कम्पनीको एक करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर ७४ हजार ७५२ पटक खरिद–बिक्री हुँदा रु. सात अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह ०.५६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी बैंकिङ दुई प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.६१, वित्त ०.६४, होटेल तथा पर्यटन ०.०९, जलविद्युत् ०.५४, लगानी ०.३२ र जीवन बिमा समूह ०.८२ प्रतिशतले बढेको छ । लघुवित्त समूह १.५८, म्युचुअल फन्ड ०.३७, निर्जीवन बिमा ०.४२, व्यापार ०.२७ र अन्य समूह १.३५ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ५.५७ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी साहस ऊर्जा लिमिटेडको रु. ५७ करोड ८६ लाख ८८ हजार २०२ बराबरको नौ लाख ७५ हजार ५९८ कित्ता सेयर किनबेच भएको छ ।