१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३३:oo
Read Time : > 2 मिनेट
साहित्य प्रिन्ट संस्करण

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीलाई मन परेका पुस्तक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३३:oo
  • मेरा लागि साहित्य र कला प्रेरणाका स्रोत हुन् । यसको तलतल सधैँ लागिरहन्छ । कला साहित्य जीवनको महत्वपूर्ण खुराक बनेको छ । मलाई दर्शनशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्रका पुस्तक पढ्न रुचि लाग्छ । पुस्तक अध्ययनले नै प्रगतिशील क्षेत्रमा लाग्न मद्दत गर्‍यो ।

सुम्निमा : बिपी कोइरालाको ‘सुम्निमा’ मलाई मन परेको पुस्तक हो । यसमा सुम्निमा र सोमदत्तबिचको प्रेम सन्दर्भलाई लिएर उनीहरूको यौन मनोविज्ञान विश्लेषण गरिएको छ । यही पुस्तक पढेपछि आध्यामिक र भौतिक दर्शन बुझ्ने मौका पाएँ । यस पुस्तकमा बिपीले पूर्वीय र पश्चिमा दर्शनलाई जोड्न खोजेको पाएँ । पुस्तकको विषयलाई लिएर किराँत समुदायमा विरोध पनि भएको थियो । किराँत समुदायका केहीले त यो पुस्तक जलाउनुपर्छ भनेको पनि सुनियो । म आफैँ पनि किराँती समुदायको मान्छे हुँ । तर, मलाई विरोध गर्नुपर्छ जस्तो लागेन । कुनै पनि सिर्जना जलाउनुहुँदैन भन्ने लाग्छ । 

मुनामदन : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ अर्काे मन पर्ने पुस्तक हो । मदन रोजगारीका लागि ल्हासामा जाँदा उसले भोगेको पीडा पुस्तकमा पाइन्छ । घरको आर्थिक स्थिति कमजोर हुँदा मदनको परिवारले कतिसम्म दु:ख पाउँछ भन्ने पुस्तक अध्ययनपछि थाहा हुन्छ । आर्थिक अभावकै कारण मदन श्रीमती र आमा छाडेर ल्हासा जान्छ । मदनले परिवार छोड्नुपर्ने बाध्यता र मुनाले गरेका वेदना निकै नै मार्मिक छन् । यो पुस्तक पढ्दा म निकै भावुक भएको थिएँ । महाकवि देवकोटाले मुनामदनमा परिवार छाडेर मुग्लान जानुको बाध्यता र कठिनाइ मान्छेको संवेदनशील पीडाको रूपमा चित्रण गरेका छन् ।

लक्ष्मी निबन्ध संग्रह : लक्ष्मीप्रसाद देवकोटाकै अर्को कृति लक्ष्मी निबन्ध संग्रह पनि मलाई निकै मन परेको पुस्तक हो । यो संग्रहमा देवकोटाले प्रकृतिको व्याख्या गरेका छन् । लक्ष्मी निबन्ध संग्रहको ‘बाला’, ‘किसान’जस्ता निबन्धले मेरो जीवनमा निकै प्रभाव पारेका छन् । यसमा मैले प्रकृति चेतना, मानव संवेदना र अनुभूतिको उत्कृष्ट कलात्मक अभिव्यक्ति पाएँ । यसको लेखन कम्पोजिसन निकै सुन्दर छ । देवकोटाको अनुभूतिगत रूपमा लेखन शैली मन पर्छ । लक्ष्मी निबन्ध संग्रह पढेपछि देवकोटामा स्वछन्द तरिकाले लेख्ने खुबी पाएँ । 

शिरीषको फूल : पारिजातको ‘शिरीषको पूmल’ मलाई मनपर्ने पुस्तकमध्ये एक हो । यो पुस्तक पढ्दा मैले छुट्टै दर्शन पाएँ । यो पुस्तकमा स्वतन्त्रता र स्वाछन्दित दर्शन पाइन्छ । शिरीषको फूलमा पारिजातले पुरुषप्रधान समाजले महिलालाई गरेको व्यवाहारलाई विद्रोही तरिकाले लेख्नुभएको छ । यो पुस्तक पढेपछि मान्छेलाई उकुसमुकुस भएपछि जुनसुकै माध्यमबाट विद्रोह खोज्दो रहेछ भन्ने महसुस भयो । मानिसमा विद्रोह चेत हुनुपर्ने रहेछ भन्ने लाग्यो ।

आमा : मेरो जीवनमा महत्वपूर्ण प्रभाव पार्ने रसियाली लेखक तथा उपन्यासकार म्याक्सिम गोर्कीको ‘आमा’ पनि हो । कारखानाका कामदारले गरेको आन्दोलनमा आधारित भएर उपन्यास लेखिएको छ । यस पुस्तकले पनि मलाई प्रगतिशील क्षेत्रमा लाग्न ठुलो सहयोग गरेको छ । साँच्चै भन्नुपर्दा गोर्कीलाई म क्रान्तिको गाइडका रूपमा लिन्छु । चरित्रगत रूपमा क्रान्तिकारी बनाउने गोर्कीको आमाको आदर्श धेरैको जीवनमा लागू हुन्छ जस्तो लाग्छ । यो पुस्तकले मलाई मजदुर आन्दोलनमा लाग्नसमेत प्रेरित गर्‍यो । आमा पढेपछि आफैँलाई पनि गोर्कीजस्तो भएको महसुस गरेँ । तर, मेरो बाल्यकाल गोर्कीको जस्तो थिएन । पुस्तकले मलाई निकै समयसम्म रन्थनायो र मजदुरहरूसँग नजिक हुन सिकायो । गोर्कीको ‘आमा’ बाट धेरै मान्छेहरू प्रेरित भएका छन् जस्तो लाग्छ । 

युवाहरूको गीत : चिनियाँ लेखक याङ मोले लेखेको उपान्यास ‘युवाहरूको गीत’ (द सङ अफ युथ) ले मलाई निकै छोयो । द सङ अफ युथ (युवाहरूको गीत) मोको चर्चित उपन्यास हो । मैले नेपालीमा अनुवाद गरिएको संस्करण पढेँ । याङ मो आफैँमा क्रान्तिकारी एवं सिर्जनशील चिनियाँ लेखकसमेत हुन् । यो उपन्यासमा चीनको क्रान्तिमा युवा विद्यार्थीले निभाएको क्रान्तिकारी गतिविधिको चित्र छ । यो उपान्यसमा चीनको क्रान्तिको सन्दर्भमा व्याख्या गरिएको छ । खग्रेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेको पुस्तक पढ्दा कताकता आफ्नै जीवन भोगाइसँग मिल्दोजुल्दो लाग्यो ।