१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १४ शनिबार २१:१६:oo
Read Time : < 1 मिनेट
समाचार

केही समयपछि पुनः आन्दोलन सुरु हुन्छ : थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार २१:१६:oo

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउने र हिन्दु अधिराज्य पुनर्स्थापना गर्ने लक्ष्य प्राप्तिको निमित्त निकट भविष्यमै पुनः आन्दोलन सुरु हुने बताएका छन्। पार्टीआबद्ध भातृ संगठन राष्ट्रिय युवा मोर्चा नेपालको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलन सफल पार्न कम्तीमा पाँच हजार प्रतिबद्ध स्वयंसेवक तयार गर्न युवा मोर्चालाई तयारीमा लाग्न निर्देशनसमेत दिए।

मुलुकमा कुशासन, ब्रम्हलुट, मनपरीतन्त्र हाबी भएको भन्दै सर्वसत्तावादी चिन्तनबाट शासकहरू अघि बढिरहेकोले जनताले यसको प्रतिबाद गर्नेसमेत उल्लेख गरे। नेपाली जनताको भावनालाई कुल्चियर गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबर्जस्ती लादिएको भन्दै थापाले विदेशीले बोकाइदिएको भारी बोक्न तयार भएका दलहरू अहिले पनि विदेशी शक्ति रिझाउनमै तल्लीन भएको आरोप लगाए। राजसंस्था भन्नेबित्तिकै केही-केही मान्छे झस्किने गरेको भन्दै थापाले राजसंस्था र प्रजातन्त्रसँगै जाने भएकोले कोही चिन्तित हुनुनपर्ने स्पष्ट पारे।

राजा र जनता मिलेर मुलुकको आर्थिक, सामाजिक, राजनीतिक कायापलट गर्ने दुरगामी सोच र योजना आफूहरूसँग भएकोसमेत थापाले बताए। युवा पुस्ताले मनपरीतन्त्र नसहने भन्दै अब हुने आन्दोलनमा युवाहरूको सक्रिय सहभागिता जरुरी भएको उनको धारणा थियो। कार्यक्रममा राप्रपा नेपालका उपाध्यक्ष तेजकुमार कुरुङवाङ, युवा मोर्चाका सह–अध्यक्ष गृष्मविक्रम मल्ल, लाक्पा शेर्पा, सरोज तिमल्सिना, शक्ति दर्शनधारी, मनोज तिमल्सिना, विनोद कपालीलगायतले बोलेका थिए।