१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 27 June, 2025
Invalid date format १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘छोरी काखमा, बचत खातामा’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१६:oo

कास्कीको रूपा गाउँपालिकाले ‘रूपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखमा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।

आपतकालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपतमा परेका बालबालिकाको उद्धार तथा संरक्षणका लागि गाउँपालिकामा एक बाल संरक्षण तथा स्याहार केन्द्र स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न लागेकोसमेत अध्यक्ष ओझाले बताए ।

पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । बालविवाह, बालहिंसा, लागुपदार्थ दुर्व्यसनी तथा दुर्व्यवहारलगायतका सामाजिक कुरीतिविरुद्ध नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि आधार वर्षका रूपमा दिई २०८२ साल भदौ २९ गते घोषणा गर्ने गरी स्थानीय बाल अधिकार समिति, वडास्तरीय बाल अधिकार समिति, गाउँपालिका र वडास्तरीय बाल सञ्जालको गठन, पुनर्गठन, अभिमुखीकरण तथा परिचालनका साथै निर्धारित सूचकमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।