१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार १३ शुक्रबार २१:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसइईमा ग्रेड प्राप्त विद्यार्थीलाई प्रधानमन्त्रीको बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार २१:२४:oo

प्रधानमन्त्री केपी ओलीले आफूहरूको मिहिनेतले एसइई नतिजामा सुधार आएको बताएका छन् ।  एसइई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई  दिँदै नतिजा सुधारमा आफूहरूले गरेको मिहिनेत काम लागेको बताएका हुन् । 

‘यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ। गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ। ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नुहोला, सफलताको अर्को दिन पनि आउनेछ,’ प्रधानमन्त्री ओलीले भनेका छन् । यस वर्ष जिपिए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १७७ रहेको छ ।