१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार १२ बिहीबार o९:३o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

प्रारम्भिक गुप्तचर रिपोर्टको दाबी : अमेरिकी आक्रमणले इरानको आणविक केन्द्र नष्ट भएन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार o९:३o:oo
  • अमेरिकी गुप्तचर मूल्यांकनमा इरानी आणविक कार्यक्रम कम्तीमा ६ महिना पछाडि धकेलिएको उल्लेख छ

अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणले तेहरानको आणविक कायक्रममा उलेख्य क्षति नपुगेको मात्र यसको प्रगति ६ महिना पछाडि धकेलिएको प्रारम्भिक अमेरिकी गुप्तचर मूल्यांकनले देखाएको छ । इरानको सबैभन्दा महत्वपूर्ण आणविक अनुसन्धान स्थलमा अमेरिकाले बमविस्फोट गरेको तीन दिनपछि चुहिएको ‘डिफेन्स इन्टेलिजन्स एजेन्सी (डिआइए)’को सूचनामा यो कुरा उल्लेख रहेको अमेरिकी मिडियाले लेखेका छन् । 

सिएनएन र अन्य अमेरिकी मिडियाले मंगलबार खुलासा गरेको डिआइएको निष्कर्षलाई ह्वाइट हाउस र पेन्टागनले क्रुद्ध रूपमा अस्वीकार गरेका थिए । तिनले इरानको आणविक कार्यक्रम नष्ट भएको ट्रम्पको निर्णयलाई दोहोर्‍याएका थिए । 

मंगलबार आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्ट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले पनि इरानको आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको आफ्नो पहिलेको दाबी पुन: दोहोर्‍याए । उनले गुप्तचर रिपोर्टका आधारमा समाचार लेख्ने सिएनएन, न्युयोर्क टाइम्सका समाचारलाई फेक न्युजको संज्ञा दिएका छन् । ‘फेक न्युज सिएनएन र खस्कँदो न्युयोर्क टाइम्स इतिहासको सबैभन्दा सफल सैन्य हमलामध्ये एकलाई अवमूल्यन प्रयासमा एक ठाउँमा उभिएका छन्,’ ट्रम्पले लेखेका छन् । 

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जालमा एक्समा लेख्दै ‘कथित गुप्तचर मूल्यांकन’ ‘गुप्तचर समुदायभित्रका एक अज्ञात, निम्नस्तरको हरूवा व्यक्ति’ले चुहाएको बताएकी छन् । इरानका नातान्ज, इस्फहान र फोर्डोको आणविक स्थलहरूमा आक्रमणका लागि अमेरिकी बी–२ स्टिल्थ बमवर्षक विमान र पनडुब्बी–प्रक्षेपित मिसाइल प्रयोग गरिएका थिए । 

‘हाम्रो बमबारी अभियानले इरानको आणविक हतियार बनाउने क्षमतालाई ध्वस्त पारेको छ । हाम्रा विशाल बमहरूले लक्ष्यको सही ठाउँमा हानेका छन् । र, तिनले पूर्ण रूपमा काम गरे,’ अमेरिकी रक्षामन्त्री पिट हेगसेथले भने, ‘ती बमको प्रभाव इरानमा भग्नावशेषको पहाडमुनि गाडिएको छ । बम विनाशकारी रहेनन् भन्नेहरूले राष्ट्रपति र यस सफल अभियानको अवमूल्यन गर्न खोजिरहेका छन् ।’

डिआइए हेगसेथ नेतृत्वको अमेरिकी रक्षा मन्त्रालयकै एक हिस्सा हो ।मंगलबार, ट्रम्प प्रशासनले इरानमाथिको आक्रमणको परिणामबारे छलफल गर्न अमेरिकी सांसदको एक गोप्य ब्रिफिङ स्थगित गर्‍यो । त्यसबाट डेमोक्य्राटहरू आक्रोशित भएका थिए । इरानले बारम्बार आफ्नो आणविक कार्यक्रम नागरिक प्रयोजनका लागि भएको दाबी गर्दै आएको छ । यसै वर्षको सुरुमा अमेरिकी गुप्तचरले नै पनि इरानले बम निर्माण नगरेको बताएको थियो । तर, ट्रम्पले त्यस मूल्यांकनलाई अस्वीकार गरेका थिए । 

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिका र इजरायलको आक्रमणबाट देशको आणविक स्थलहरू र ज्ञान नष्ट गर्न असफल भएको दाबी गरेपछि अमेरिकामा मिसन सफल भयो कि भएन भन्नेबारे बढ्दो बहस सुरु भएको थियो । सिफारिस गरिएको ग्यारी सामोर के इरानको आणविक कार्यक्रमको भविष्य छ ? इरानी राष्ट्रपति पेजेस्कियनले मंगलबार राति राष्ट्रलाई गरेको सम्बोधनमा ‘शत्रुहरू आणविक सुविधा नष्ट गर्ने, आणविक ज्ञान घटाउने र सामाजिक अशान्ति भड्काउने उद्देश्य प्राप्त गर्न असफल भएको छ,’ भनेका थिए ।