१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
तिवारी यादव वीरगन्ज
२o८२ असार १२ बिहीबार १५:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

३१९ किलो चरेससहित पर्साबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १५:o९:oo

जिल्ला प्रहरी कार्यालय पर्साले ३१९ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित एकजनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधार परवानीपुर चोकमा प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा चरेस बरामद भएको प्रहरीले जनाएको छ।

बुधबार साँझ ७ः३० बजेको समयमा वीरगन्ज महानगरपालिका– २१ परवानीपुर चेकपोस्टबाट उक्त चरेस बरामद भएको हो। चरेससहित ट्रकचालक मकवानपुरको थाहा नगरपालिका– १२ निवासी ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई  पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार लागुऔषध चरेस १३ पोकामा ३१९ किलोग्राम फेला परेको र चालक स्याङ्तानले लगाएको हाफपाइन्टको दाहिने खल्तीमा नेपाली रकम एक लाख ९२ हजारसमेत फेला परेको छ।

प्रहरीका अनुसार हेटौँडाबाट ड्राइपोर्टतिर जाने क्रममा वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी श्रीसिया र प्रहरी चौकी परवानीपुरको टोलीले उक्त चरेस बरामद गरेको हो। पक्राउ परेका स्याङ्तानलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।