१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
२o८२ असार ७ शनिबार ११:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाँदरलाई जंगलमै भुलाउन सामुदायिक वनमा फलफूलखेती  

सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वनमा फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार ११:३१:oo

बागलुङको काठेखोला गाउँपालिकाले बाँदरलाई वनमै भुलाउनका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ । बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतंक बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा वनमा फलफूल तथा गीठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो ।

आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए। गाउँपालिकलो बाँकोको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाइ, जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ र प्याकेजिङ गरि बजारीकरण गर्ने भएको छ।

चिया, अलैँची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गरी कृषि पकेट पूर्वाधार कार्यक्रम सञ्चालन गरी कृषकको उत्पादनलाई सङ्कलन र बजारीकरणका कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण गरी सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी बिक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने अध्यक्ष थापाले बताए । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।

किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीको बजारीकरणका लागि ‘काठेखोला कोसेली घर’ सञ्चालन अध्यक्ष थापाको भनाइ छ । सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेहजस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध नीति तथा कार्यक्रममा समावेश गरिएको छ।