१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ असार ७ शनिबार १३:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाद्वारा दिवंगत सुरेश रजकका परिवारलाई तीन लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार १३:३९:oo

चैत्र १५ गते तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकका परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रु तीन लाख आर्थिक सहयोग गरेको छ।

पार्टी स्थापना दिवसका अवसरमा रास्वपाले रजकको घरमै पुगेर तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, कोषाध्यक्ष लिमा अधिकारी र कोष ब्यबस्थापन बिभागका सदस्य जगदीश खरेलले सुरेशकी श्रीमति सुजेन रजकलाई चेक हस्तान्तरण गरेका थिए।

साथै आगामी दिनमा पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्र, राजनीतिक दल र आन्दोलनकारी जिम्मेवार रहन रास्वपाको माग छ।