१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार

दीपक मनाङेको सांसद पद खारेज हुने सर्वाेच्चको फैसला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर  भई कारागारमा रहेका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ(दीपक मनाङे)को सांसद पद खारेज हुने फैसला सर्वाेच्च अदालतले गरेको छ । उनी निर्वाचनमा उम्मेदवार हुनै योग्यता नपुगेको सर्वाेच्चको संवैधानिक इजलासको ठहर छ । 

फौजदारी मुद्दामा दोषी ठहर भएको अवस्थामा उनको उम्मेदवारको योग्यता नपुग्ने भन्दै अधिवक्ता विरेन्द्रराज कार्कीले दायर गरेको रिटमा प्रधानन्यायधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासबाट बुधबार आंशिक रिट जारी हुने फैसला भएको हो । सर्वाेच्च अदालतबाट पाँच वर्ष कैद सजायको फैसला भएको मितिदेखि उनले सांसद पद गुमाउने फैसला भएको हो । 

सर्वाेच्चको फैसलालगत्तै प्रहरीले उनलाई पक्राउ गरेकोमा हाल डिल्लीबजार कारागारमा छन्। उनी २०७९ को निर्वाचनमा मनाङ(ख)बाट निर्वाचित भएका थिए।