१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ असार ४ बुधबार २१:१४:oo
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर एक महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार २१:१४:oo

कपिलवस्तुमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । विजयनगर गाउँपालिका–५, नौरंगियाकी अन्दाजी ४५ वर्षीया जन्ममती यादवको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए। 

डालपुर नयाँबस्ती गाउँनजिकै खेतमा भैँसी चराउने क्रममा बुधबार साँझ करिब साढे ५ बजेतिर अचानक चट्याङ लाग्दा घटनास्थलमै यादवको मृत्यु भएको उनले बताए। 
शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगन्ज लगिएको प्रहरीले जनाएको छ।