
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न उच्च अदालत, पाटनले अन्तरिम आदेश दिएको छ। पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बन गरेका थिए।
निलम्बनविरुद्ध परेको निषेधाज्ञाको निवेदनमा उच्चका न्यायाधीशहरू ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरी जाँचबुझ समिति गठन गर्ने निर्णय गरेका थिए। जाँचबुझको काम अघि बढाउन निलम्बन गर्नुपर्ने अवस्था नदेखिएको उच्च अदालतको आदेशमा उल्लेख छ।
पाण्डे मेयर बालेन शाहनिकट हुन्। बालेनको आदेशमा आफूलाई कार्यालय प्रवेशमा रोक लगाएपछि प्रशासकीय अधिकृत गुरागाईंले उनलाई निलम्बन गरेका थिए।