१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
रासस नयाँदिल्ली
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मस्कको स्टारलिंकलाई भारतमा लाइसेन्स

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

नयाँदिल्लीले एलन मस्कको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवालाई इजाजतपत्र प्रदान गरेको छ। यसले भारतको ‘कनेक्टिभिटीको अर्को सीमा’ खोलेको भारतका सञ्चारमन्त्रीले बताए।

पृथ्वीको निम्न कक्षाका उपग्रहहरू प्रयोग गरेर दुर्गम स्थानहरूमा उच्च गतिको इन्टरनेट पहुँच प्रदान गर्ने स्टारलिंकको सुरुवातले भारतमा प्रिडेटरी मूल्य निर्धारणदेखि स्पेक्ट्रम बाँडफाँटसम्मका विषयहरूमा तीव्र बहस सुरु गरेको छ।

सञ्चारमन्त्री ज्योतिरादित्य सिन्धियाले स्टारलिंकका मालिक स्पेसएक्सका अध्यक्ष र प्रमुख परिचालन अधिकारी ग्वेनी सटवेलसँग ‘फलदायी बैठक’ गरेको बताए।

‘सटवेलले स्टारलिंकलाई दिइएको इजाजतपत्रको प्रशंसा गर्दै यसलाई यात्राको उत्कृष्ट सुरुवात भन्नुभएको छ,’ मन्त्रीले मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लाटफर्म एक्समा भने।

यो भारतका दुई ठुला टेलिकम सेवा प्रदायक जिओ प्लाटफर्म र यसको प्रतिद्वन्द्वी भारतीय एयरटेलले मार्चमा आफ्ना ग्राहकहरूलाई स्टारलिंक इन्टरनेट प्रदान गर्न स्पेसएक्ससँग सम्झौता गरेको घोषणापछि आएको हो।

स्पेसएक्सका मालिक मस्कले एसियाका सबैभन्दा धनी व्यक्ति र जिओ प्लाटफर्मका मालिक मुकेश अम्बानीसँग स्याटेलाइट स्पेक्ट्रम कसरी प्रदान गर्ने भन्ने विषयमा कुरा गरेका छन्।

भारतमा मस्कका व्यापारिक चासोहरू हाल एक्समा मात्र सीमित भए तापनि टेक उद्यमीको इलेक्ट्रिक सवारीसाधन निर्माता टेस्लाले प्रवेशको तयारी गरिरहेको छ।