१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाईघाटमा एक युवा सुतेकै ठाउँमा मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

उदयपुरको त्रियुगा नगरपालिका– ११ स्थित गाईघाट बजारमा एक युवा सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङका अनुसार त्रियुगा नगरपालिका– १३, असारीका २४ वर्षीय विशाल हमाल ठकुरी बुधबार बिहान मृत फेला परेका हुन् ।

डिएसपी दोङले मृतको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल बोक्से लगिएको र घटनाको अनुसन्धान सुरु भएको जानकारी दिए । उनले भने, ‘मृत हमाल गाईघाटकै आपाज क्याफेमा फेला परेका हुन् । अनि त्यहीका मजदुरसमेत हुन् ।’ 

बिहान अबेरसम्म सुतेको कोठाको ढोका नखोलेपछि क्याफेका अरू कामदारले ढोका खोलेर भित्र हेर्दा हमाल मृत देखेर प्रहरीलाई खबर गरेका थिए । उनले भने, ‘मृत्युको कारण पोस्टमार्टमवछि खुल्नेछ ।’ यता आजै उदयपुरको चौदण्डीगढी नगरापलिका- ४, अमलचौरीमा पनि दुईजना मृत अवस्थामा फेला परेका थिए ।