
गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव ०८२/८३ को बजेटमाथि आजदेखि प्रदेश सभामा छलफल सुरु हुने भएको छ। विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे प्रदेश सभा बैठक बस्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी हरिबहादुर खपांगी मगरले जानकारी दिए।
बजेटमाथि यही असार १२ गतेसम्म प्रदेश सभामा छलफल भएपछि १३ गतेको बैठकमा निर्णयार्थ पेस हुने उनले बताए। प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा. टंकराज गुरुङले गत आइतबार प्रदेश सभा बैठकमा आगामी आव ०८२/८३ का लागि रु. ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्तुत गरेका थिए।