१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format १३:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

उदयपुरमा पाँच वर्षमा विपतबाट २७७ जनाको मृत्यु, झन्डै तीन हजार घरपरिवार प्रभावित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

उदयपुरमा पाँच वर्षमा विपतजन्य घटनामा परी २७७ जनाको मृत्यु भएको छ, भने दुई हजार ९९० घरपरिवार प्रभावित भएका छन्। जिल्ला विपत् व्यवस्थापन समिति उदयपुरले तयार पारेको उदयपुर जिल्लाको विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो।

उदयपुरमा पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ का अनुसार बाढीपहिरो, भूकम्प, आगलागी, चट्याङ, हावाहुरी, सडक दुर्घटना, महामारीलगायतका प्राकृतिक तथा कृत्रिम घटनालाई विपतका घटना मानिएका छन् । जसमा २०७७ सालमा उल्लेख गरिएका विपतका घटनामा परी १२२ जनाको मृत्यु भएको छ भने १५३ घरपरिवार प्रभावित बनेको जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका सूचना अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिए ।

पाण्डेयका अनुसार यसैगरी २०७८ सालमा विपतजन्य घटनाबाट ९० जनाको मृत्यु भएको छ भने ७२ घरपरिवार प्रभावित भएका छन् । ०७९ सालमा २८ जनाको मृत्यु र दुई हजार ४३१ जना घरपरिवार प्रभावित बनेका थिए । ०८० सालमा एकजनाको मृत्यु र १६७ घरपरिवार प्रभावित बनेका छन् । यसैगरी ०८१ सालमा ३६ जानको मृत्यु र १६७ घरपरिवार प्रभावित बनेको उदयपुर जिल्लाको विपत्  पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा उल्लेख गरिएको छ । उदयपुरमा प्रभावित पार्ने पाकृतिक विपतमा बाढीपहिरो, चट्याङ, हावाहुरी छन भने कृत्रिममा सडक दुर्घटना, महामारी पर्दछन् ।

उदयपुर जिल्लाको भौगोलिक अवस्थाअनुसार पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिम र भित्री मधेशका क्षेत्रमा बाढीबाट डुबानको समस्या रहेको पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा उल्लेख गरिएको छ । सप्तकोशी, सुनकोशी, त्रियुगा, तावा, बैद्यनाथ, ककरु, कमलालगायतका झन्डै ६० वटा खहरे खोला, नदीहरु डुबान र कटानका समस्या भएको उल्लेख छ । उदयपुरका प्रमुख प्रकोपहरूमा पहिलोमा बाढी, दोस्रोमा पहिरो, जनवारआतंक, चौथोमा आगलागी, पाँचौँमा खडेरी, छैटौँमा चट्याङ, साताैँमा सडक दुर्घटना, आठौँमा महामारी, नवौँमा हावाहुरी र दसाैँमा असिना रहेको वर्गीकरण पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा गरिएको छ ।

विपतका घटना न्यूनीकरण गर्न प्रतिबद्ध भएर लागेका छौँ : प्रजिअ लुइँटेल
उदयपुरका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद लुइँटेलले उदयपुर जिल्लाको विपत्  पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ निर्माण गरेर अघि बढेको बताए । उनले भने, ‘पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ मा विपतका घट्ना न्यूनीकरण गर्न सरकारी तथा गैरसरकारी निकाय प्रतिबद्ध भएर लागेका छौँ ।’ 

लुइँटेलले सशस्त्र प्रहरी बलको सहयोग सहयोगमा विपत् स्वयकसेवाको तालिम पालिकाहरूमा दिन थालेको र बेलका नगरपालिकाबाट उक्त तालिम सुरु भएको जानकारी दिए । जिल्लामा भएका स्रोतसाधनको उपयोग गर्दै बाढीपहिरोलगायतका विपतका लागि खोज तथा उद्धार अनि राहतका कामहरू चुस्तदुरुस्त बनाउने काम भइरहेको लुइँटेलको भनाइ छ ।