१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार ४ बुधबार १२:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार १२:o६:oo

नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
 
बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोकपुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो। बैठकमा नेता शास्त्रीको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको उनले बताए ।

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व. शास्त्रीले प्रजातन्त्र पुनर्स्थापनाको संघर्ष र आन्दोलनका क्रममा जेलजीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए। 

स्व. शास्त्री जननायक बिपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत थिए । अर्घाखाँचीको किमडाँडामा १९९३ जेठ २५ गते जन्मिएका स्व. शास्त्री पटकपटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै ०४८ र ०५१ को आमनिर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।