१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
Invalid date format ११:५१:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारतसँगको विद्युत् खरिद सम्झौता अनुमोदन गर्न आयोगले माग्यो प्राधिकरणको निर्णय

सञ्चालक समिति छल्न महान्यायाधिवक्तासँग पनि लिइयो राय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५१:oo

विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले गत ३० माघमा नेपाल–भारत संयुक्त पावर एक्सचेन्ज कमिटी (पिइसी)मा गरेको समझदारीलाई अनुमोदन गर्न विद्युत् निमयन आयोगले प्राधिकरण सञ्चालक समितिको निर्णय मागेको छ । 

सञ्चालक समितिबाट निर्णय नगराई प्राधिकरणले दोस्रोपटक आयोगमा उक्त समझदारी अनुमोदनका लागि निवेदन दिएको थियो, त्यसमा आयोगले पुनः सञ्चालक समितिको निर्णय खोजेको हो । तर, ऊर्जामन्त्री दीपक खड्का र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालसम्म सो समझदारी कार्यान्वयनका लागि सञ्चालक समितिबाट निर्णय गराएका छैनन् । कुलमानले गरेको समझदारीलाई अनुमोदनका लागि प्राधिकरणले पहिलोपटक गत वैशाखमा दिएको आवेदनमा आयोगले सञ्चालक समितिको निर्णय खोजेको थियो । तर, त्यसपछि प्राधिकरणले दोस्रोपटक आयोगलाई पत्राचार गर्दै पिइसी बैठकको समझदारी अनुमोदन गर्न ताकेता गरेको छ । तर, आयोगले पनि सञ्चालक समितिको निर्णय चाहिने भन्दै उक्त समझदारी अनुमोदन गर्न अस्वीकार गरेको छ ।

३० माघ ०८१ को पिइसी बैठकमा भारतको बिहार र उत्तर प्रदेशबाट आयात गर्ने विद्युत्को खरिद दर प्रतियुनिट ७.९८ भारुबाट १.५ प्रतिशतले बढाएर ८.१ भारु पुर्‍याउने समझदारी भएको थियो । उक्त समझदारीमा नेपालको तर्फदेखि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका थिए । पिइसीअन्तर्गत भारतको बिहार र उत्तर प्रदेशबाट सन् १९९१ देखि विद्युत् आयात हुँदै आएको छ । त्यसमा आवश्यक निर्णय गर्ने विषयमा प्राधिकरणका कार्यकारी निर्देशकलाई नै अधिकार दिइएको छ । पछिल्लोपटक पिइसी बैठकमा हुने निर्णयलाई सञ्चालक समितिबाट पारित गरेर आयोगदेखि अनुमोदन गर्न थालिएको हो । 

तर, कुलमानलाई हटाउन निहुँ खोजिरहेका ऊर्जामन्त्री  खड्काले त्यो समझदारी कार्यान्वयन गर्नुको सट्टा राज्यलाई आर्थिक दायित्व बढाउने गरी समझदारी गरेको भन्दै कुलमानलाई स्पष्टीकरण सोधेका थिए । आर्थिकभार बढ्ने गरी पिइसीमा समझदारी गरेको तर्क गर्दै ऊर्जामन्त्री खड्काले कुलमानलाई पदबाट हटाइसकेका पनि छन् । तर, मन्त्री खड्काले हितेन्द्रदेव आउनेबित्तिकै पिइसीबाट विद्युत् आयात गर्न मौखिक सहमति दिएका थिए ।