१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ४ बुधबार
  • Wednesday, 18 June, 2025
२o८२ असार ४ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागारमा रहेका कैदीबन्दीको मृत्यु

तीन दिनदेखि अस्पतालमा शब, घटनाको छानबिन गर्न आफन्तको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ४ बुधबार ११:४४:oo

कैलाली जिल्ला कारागारमा रहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ। बैंकिङ कसुर सम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५, का २८ वर्षीय हरिशसिंह पालीको सोमबार मृत्यु भएको हो। मृतकको शरीरभरि निलडाम रहेको भन्दै आफन्तले घटना संकास्पद रहेको बताएका छन् । उनीहरुले घटनाको छानविनको माग गरिरहेका छन्। सेती प्रादेशिक अस्पतालमा राखिएको शवको पोष्टमार्टम हुन सकको छैन। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बैंकिङ कसुरमा पालीलाई गत २९ जेठमा डडेल्धुराको तुफानडाँडाबाट पक्राउ परिएको थियो। पक्राउ परेको दोस्रो दिन उनलाई कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए।

कैलाली जिल्ला अदालतले पालीलाई बैंकिङ कसुर मुद्दामा गत २९ फागुनमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पाली सोमबार बिरामी भएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको र केहीबेरमा उनको मृत्यु भएको जनाएको छ।अस्पताल भर्ना गरिएको आधा घण्टामै पालीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

मृतकका आफन्तले भने कारागारभित्र यातना दिएका कारण उनको मृत्यु भएको आरोप लगाएका छन्। मृतकका काका पदमसिंह पालीले कारागारभित्र यातना दिएका कारण मृत्यु भएको आरोप लगाए । शरीरभरि निलडाम रहेको र टाउकाबाट रगत बगेकोले घटना सामान्य नरहेको उनले बताए। यसैबीच प्रहरी यातनाका कारण पालीको मृत्यु भएको भन्दै डडेल्धुरामा स्थानीयले बजार र राजमार्ग बन्द गराएका छन्। घटनाको अनुसन्धानका लागि दवाव दिन बजार र राजमार्ग बन्द गरिएको स्थानीयले बताएका छन्। मृतक पाली डडेल्धुराका व्यवसायी हुन्।