
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवालबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
‘श्रवणकुमार अग्रवाल नाफिज फेलोसिप’का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरी मंगलबार नाफिज र अग्रवालबिच समझदारी भएको हो । समझदारीपत्रमा नाफिजकी अध्यक्ष मेनुका कार्की र परिसंघका अध्यक्ष अग्रवालले हस्ताक्षर गरेका छन् ।