१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 18 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस नेता शास्त्रीको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४८:oo

कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको पार्थिव शरीरलाई अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको हो । 

काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचारका क्रममा सोमबार ९० वर्षको उमेरमा शास्त्रीको निधन भएको थियो  । उनी समाजवादी चिन्तक एवं प्रजातान्त्रिक आन्दोलनका सेनानी थिए । शास्त्रीको अन्तिम संस्कार आजै हुने भएको छ । 

‘कांग्रेसको राजनीतिमा बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उहाँले कार्य गर्नुभएको थियो,’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र पुनर्स्थापनाको संघर्षका क्रममा भारतको बनारस र गोरखपुरमा उहाँले लामो समय प्रवासी जीवन बिताउनुभएको थियो ।’ 

उनी ०४८ र ०५१ मा अर्घाखाँची २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषदमा उनी ०४८ मा उद्योगमन्त्री भएका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालमा प्रजातन्त्र स्थापना तथा पुनर्स्थापनाका क्रममा शास्त्रीको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् । ‘उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ,’ उनले भनेका छन् । 

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस सभापति शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेता तथा कार्यकर्ता अहिले पार्टी कार्यालय सानेपामा पुगेका छन् । सभापति देउवाले शास्त्रीको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।