१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ३ मंगलबार
  • Tuesday, 17 June, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३ मंगलबार १७:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३ मंगलबार १७:५७:oo

जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ। मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला अदालतले यसअघि सोमबार राप्रपाका महामन्त्री धवलशमशेर राणालाई पनि तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

मिश्र र शमशेरले गत १५ चैतमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोप छ। उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ।