
त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ९७ रनमा समेटेको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै
स्कटल्यान्डलाई १९.३ ओभरमै अलआउट गराएको हो।
नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ४ विकेट लिएर ११ रन मात्र दिएका थिए।
त्यस्तै, करण केसी र दीपेन्द्रसिंह ऐरीले २–२ र ललित राजवंशीले १ विकेट लिए। एक ब्याट्सम्यान रनआउट भएका थिए। स्कटल्यान्डका लागि माइकल लिस्कले ४६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन्।
त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल सोमबार नेदरल्याड्ससँग तेस्रो सुपरओभरमा पराजित बनेको थियो।