१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 15 June, 2025
रोल्पाको थबाङमा भूमे नाँच नाच्दै स्थानिय । तस्बिर : नवीन लोचनमगर/नयाँ पत्रिका
Invalid date format १o:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मगरात क्षेत्रको मुख्य पर्व भूमे आजदेखि सुरु

दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:४७:oo

मगरात क्षेत्रको मुख्य पर्व भूमे आजदेखि साताव्यापी रूपमा सुरु भएको छ । यस अवसरमा रोल्पा, रुकुम क्षेत्रमा ‘नाम्क’ अर्थात् भूमे पर्व धुमधामका साथ मनाइन्छ । प्रकृतिको पूजा गरी बाढीपहिरो रोकथाम होस् भन्ने आस्था र जनविश्वासका साथ यो पर्व  मनाइन्छ । हरेक वर्ष असार १ देखि रोल्पाको थबाङमा साताव्यापी रूपमा भव्य भूमे नाच नाच्ने गरिन्छ ।

दाङ, रोल्पा, रुकुमपूर्व र प्युठानका सम्बन्धित समुदायलाई सार्वजनिक बिदा

भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्युठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।

भूमे पर्व मगर समुदायले विशेष पर्वका रूपमा मनाउने गर्छन् । विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।