
नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी पेट्रोल प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर समान दुई रुपैयाँका दरले मूल्य बढाएको छ। मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १६० र डिजेल तथा मट्टीतेल १४५ रुपैयाँ प्रतिलिटर पुगेको छ।
आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल १.४१ रुपैयाँ र डिजेल १.६७ रुपैयाँ प्रतिलिटर महँगिएर आएका कारण नेपाली बजारमा मूल्य समायोजन गरेको निगमले जनाएको छ।