मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Thursday, 18 September, 2025
तस्बिर : राेयटर्स
२o८२ जेठ २९ बिहीबार १९:४३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अहमदाबाद विमान दुर्घटना : २०४ जनाको मृत्यु भएको पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १९:४३:oo

२४२ जना सवार एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। अहमदाबादका प्रहरी आयुक्त जिएस मलिकलाई उद्धृत गर्दै बिबिसी हिन्दीले २०४ जनाको शव भेटिएको पुष्टि गरेको छ।

मलिकका अनुसार केहीकाे अस्पतालमा उपचार भइरहेको छ भने राहत तथा उद्धार कार्य पनि जारी छ।

गुजरातको अहमदाबादबाट लन्डनका लागि दिउँसो १ः३८ बजे उडान भरेको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) दुई मिनेटपछि नै दुर्घटनामा परेको थियो।

विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानडियन नागरिक सवार थिए।