१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २९ बिहीबार
  • Friday, 13 June, 2025
तस्बिर : एपी
२o८२ जेठ २९ बिहीबार १७:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अहमदावाद विमान दुर्घटना : १०० जनाको शव निकालिएको मिडिया रिपोर्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २९ बिहीबार १७:२५:oo

गुजराजतको अहमदावादमा एयर इन्डियाको विमान दुर्घटनास्थलबाट कम्तीमा सयजनाको शव निकालिएको दैनिक भास्करले जनाएको छ।

एक वरिष्ठ प्रहरी अधिकृतलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले भने कम्तीमा ३० जनाको शव भेटिएको जनाएको छ। अधिकांश शव जलेका कारण पहिचान गर्न मुस्किल रहेको बताइएको छ।

दिउँसो १ः३८ बजे उडान भरेको एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान (फ्लाइट नं एआई–१७१) दुई मिनेटपछि नै दुर्घटनामा परेको थियो। विमान चिकित्सकहरू बस्ने भवनमा समेत ठोक्किएको थियो। सो क्रममा उक्त भवनमा रहेका १५ चिकित्सक घाइते भएका बताइएको छ।

२४२ जना सवार विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानडियन नागरिक रहेकाे एयर इन्डियाले जनाएको छ।