
जेठ १३ गतेदेखि अवरुद्ध हुँदै आएको संसद खुलाउन विपक्षी दलहरुले पनि सक्रियता देखाएका छन् । भिजिट भिसा प्रकरणले अवरुद्ध हुँदै आएको संसद बैठक खुलाउने विषयमा विपक्षी दल रास्वपाले छुट्टै पाँच बुँदे प्रस्ताव ल्याएको छ ।
त्यो प्रस्ताव सत्तापक्षीय सांसदले स्वीकार गरेका छैनन् । कहिले छुट्टाछुट्टै त कहिले संयुक्त बैठक बसिरहेको छ सत्ता पक्ष र प्रतिपक्ष । अहिले विपक्षी दलको बैठक सुरु हुनै लागेको छ । त्यसका लागि माओवादी सांसद प्रचण्ड र वर्षमान पुन संसद् भवन प्रवेश गरेका छन् ।
रास्वपा उपसभापति डिपी अर्यालसहित रास्वपा सांसद पनि बैठकका लागि प्रवेश गरेका छन् । विपक्षी दलको बैठक सकिएपछि सभामुखसहित सत्तापक्षीय दलसँग बैठक बस्ने विपक्षी दलका एक सांसदले बताए ।