१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक निकायका ५२ पदाधिकारीबारे निर्णय सुनाउने मिति सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o९:oo

संवैधानिक निकायका पदाधिकारीबारे निर्णय सुनाउने मिति सरेको छ। सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले असार १८ मा मात्रै निर्णय सुनाउने भएको हो।

चार वर्षसम्म किनारा नलागेका संवैधानिक निकायमा नियुक्ति विवादसम्बन्धी मुद्दाको निर्णय सुनाउने मिति आजका लागि तोकिएको थियो। सोही मुद्दाको लगाउमा अरू धेरै मुद्दा भएकाले अध्ययनका लागि समय नपुग्दा निर्णय सुनाउने मिति सरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा संसद् विघटन गरेर अध्यादेशमार्फत अख्तियारलगायत संवैधानिक निकायमा दुईपटक विभिन्न पदमा नियुक्त गरेका थिए। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर गणपूरक संख्यासम्बन्धी व्यवस्था नै संशोधन गरी दुईपटकमा ५८ पदमा नियुक्ति सिफारिस भएको थियो।

जसमध्ये पाँचजनाले नियुक्ति बुझेका थिएनन् भने बाँकी (मृत्यु भएका र उमेरहदले अवकाश पाएकाबाहेक) हालसम्म विनासंसदीय सुनुवाइ नै नियुक्ति बुझेर काम गर्दै आएका छन् ।

नियुक्त हुनेहरूको कार्यकाल ६ वर्षको रहने गरेकोमा पाँचौँ वर्ष बल्ल पदको वैधताको विषयमा फैसला आउन लागेको हो।