१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३० शुक्रबार
  • Saturday, 14 June, 2025
२o८२ जेठ ३० शुक्रबार २१:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओखलढुंगामा तिम्ल्याहा शिशु जन्मिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ३० शुक्रबार २१:४८:oo

ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् । जिल्लाको मोलुङ गाउँपालिका– ६ श्रीचौर मंगलबारेका उत्तर तामाङकी श्रीमती ३२ वर्षीया हिरा तामाङले शुक्रबार ओखलढुंगा सामुदायिक अस्पतालमा तीन छोरीलाई जन्म दिएकी हुन् । 

बिहीबार प्रसव बेथा लागेर अस्पताल भर्ना भएकी तामाङले शुक्रबार बिहान १०:४० देखि १०:४२ सम्म तीन स्वस्थ शिशु जन्माएको अस्पतालका निर्देशक डा. रोशन खरेलले जानकारी दिए । निर्देशक डा. खरेलका अनुसार डाक्टर रमिता कँडेल नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरी हिराका छोरीहरूलाई जन्म गराएका हुन् । 

तीनजनामध्ये पहिलो छोरीको तौल १९ सय ग्राम, दोस्रो छोरीको २२ सय ग्राम र तेस्रो छोरीको तौल २३ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।

३६ हप्तामै शल्यक्रियामार्फत निकालिएका नवजात शिशुहरू र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको ओखलढुंगा सामुदायिक अस्पतालले जनाएको छ । उत्तर र हिरादम्पतीका एक सात वर्षीय छोरा छन् ।
ओखलढुंगामा सम्भवतः एकैपटक तीन शिशु जन्मिएको यो पहिलो घटना हो ।