१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार

टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच मुठभेडः गोली लागेर दुई भारतीय घाइते  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३९:oo

लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले काठमाडौंमा गोली चलाएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दिउँसो टोखा नगरपालिका–३, ग्रान्डी अस्पताल पछाडि तीन राउन्ड फायर गरेको हो। गोली लागेर भारतको पश्चिम बंगाल इस्लामपुर घर भएका ४० वर्षीय सालिक आलम र बिहानका २२ वर्षीय मन्जुर आलम घाइते भएका छन्। उनीहरूको खुट्टामा गोली लागेको छ। 

पक्राउ गर्न गएको प्रहरी टोलीलाई रड प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए। उनीहरूको रड प्रहारबाट वरिष्ठ हवल्दार नवराज घिसिङ र सहायक हवल्दार रवीन्द्र केसी घाइते भएको ब्युरोले जनाएको छ। 

ब्युरोको टोलीले सुरुमा सुन्धाराबाट लागुऔषध कारोबारी पटना घर भएका सुमितकुमार र चन्दनकुमार जैसवाललाई पक्राउ गरेको थियो। उनीहरूमाथि सोधपुछको क्रममा मुख्य डिलर टोखामा रहेको खुलेपछि उनीहरूलाई पक्राउ गर्न जाने क्रममा मुठभेड भएको हो। 

उनीहरूबाट करिब दुई सय ग्राम खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ। उनीहरू खैरो हेरोइनका ठुला कारोबारी भएको प्रहरीले जनाएको छ।