१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २५ आइतबार १९:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलिदेखि संसद्को नियमित प्रक्रिया अघि बढ्छ ः बर्तौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १९:३२:oo

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि सोमबारदेखि संसदका नियमित प्रक्रिया अघि बढ्ने बताएका छन्।

आजको बैठक स्थगित भएपछि संसद् भवनबाहिर पत्रकारहरूलाई प्रतिक्रिया दिँदै बर्तौलाले सत्तापक्ष र प्रतिपक्षको आजको बैठकमा भोलिदेखि सदन अघि बढाउने विषय सहमतिनजिक पुगेकाे बताए।

‘भोलि २ बजेका लागि बैठक बोलाइएको छ। हामी १२ बजेदेखि छलफल गर्छौँ। त्योभन्दा अगाडि उहाँहरू (प्रतिपक्ष)ले छलफल गर्नुहुनेछ। १२ बजेको बसाइँबाट टुंग्याएर भोलि २ बजेबाट एक मिनेट पनि पर नलगी बैठक गर्ने गरी सबै कुराहरू टुंग्याएर जाने गरी आज छलफल भएको छ,’ उनले भने।

दलहरूको बैठकमा दलीय आधारमा बोल्ने सहमति भए पनि संसदमा आज त्यस्तो नदेखिएको उल्लेख गर्दै बर्तौलाले भने, ‘मेरो विचारमा भोलिदेखि संसद्का नियमित प्रक्रियाहरू अघि बढ्नेछ। भोलि गृहमन्त्रीज्यूले जवाफ दिनुहुनेछ। संसद्लाई सम्बोधन गर्नुहुनेछ र बजेट वक्तव्यसहित विनियोजन विधेयक शीर्षकहरूमा आवश्यक छलफलको प्रक्रिया अगाडि बढ्नेछ।’