१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २५ आइतबार १२:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १२:२२:oo

नेपालमै पहिलोपटक त्रिवि शिक्षण अस्पतालअन्तर्गत व्यक्तिको लिंग परिवर्तन (सेक्स चेन्ज अपरेसन)  भएको छ ।  प्लास्टिक सर्जरी विभागद्वारा सफलतापूर्वक सम्पन्न सो अपरेसन सम्पन भएको हो ।

अपरेसनको क्रममा अनुहार तथा स्तनका विभिन्न अपरेसनसमेत भएको थियो । जन्मँदा लिंग पुरुष भएका ती व्यक्तिको लिंग परिवर्तन गरी महिला बनाइएको हो । जनकपुरनिवासी ती २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको यस अपरेसनका क्रममा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रिय अंगको पुनर्निर्माण गरिएको प्लास्टिक सर्जरी विभाग प्रमुख जयनमान श्रेष्ठले बताए ।

उनका अनुसार यस्ले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गरेको छ । सर्जरीको लाग विदेशी प्लास्टिक सर्जनसमेत बोलाइको थियो ।

अपरेसन टिममा डा. एलिरेजासहित नेतृत्वमा तथा प्लास्टिक सर्जरी विभाग प्रमुख डा.  श्रेष्ठ, प्लास्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समित शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्बिनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टिमले सहयोग गरेका थिए । अबदेखि यस अस्पतालमा नियमित रूपमा यस्तो अपरेसन सेवा गरिने डा. जयनमान श्रेष्ठले बताए । हालसम्म यो अपरेसन गर्न विदेशमा जानुपर्ने बाध्यता भएको र धेरै खर्चिलो पनि हुने अवस्था थियो ।