१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ २५ आइतबार १८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिसिक्यामेरा बन्द गरी डिजेल चोरी, डिपो प्रमुखसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार १८:o५:oo

बिलमा उल्लेख भएकोभन्दा बढी डिजेल सप्लाई गरेको आरोपमा नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख चितरन्जन दाससहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

१२ हजार लिटर डिजेलको अर्डर स्वीकृत गरी १५ हजार ३८ लिटर लोड गरी नेपाल आयल निगमलाई चार लाख ४८ हजार रुपैयाँ हानि-नोक्सानी गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

निगमको गगनगौँडास्थित प्रादेशिक कार्यालयका प्रमुख दाससहित कास्की तालचोकस्थित पश्चिमाञ्चल ट्रेडर्स र उक्त कम्पनीका सञ्चालक बाबुराम जमरकट्टेल, गण्डकी धौलागिरी पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधिहरू जगन्नाथ ढुंगाना र लक्ष्मण रानाभाट तथा ट्यांकरचालक निर्मल थापाविरुद्ध मुद्दा दायर गरेको हो।

उनीहरूले डिलर्स एसोसिएनका प्रतिनिधि ढुंगाना र रानाभाटसँगको मिलेमतोमा सिसिक्यामेरा बन्द गरी बिलमा उल्लेख भएभन्दा तीन हजार ३८ लिटर बढी डिजेल लोड गरेको अख्तियारले जनाएको छ।

यस्ताे छ आराेपपत्र :