१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २५ आइतबार
  • Sunday, 08 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २५ आइतबार ११:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द रहने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २५ आइतबार ११:३६:oo

निर्माण सुधारका लागि त्रिभुवन राजपथको नागढुंगा–नौबिसे सडकखण्ड थप पाँच दिनका लागि दिउँसोको समयमा बन्द गरिने भएको छ।

गत १० जेठदेखि नै सो सडक दिउँसो बन्द रहँदै आएको छ। यसअघि २५ गतेसम्मका लागि भनेर बन्द गरिएकोमा निर्माणकाे काम नसकिएकाले जेठ ३० गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ बजेसम्म बन्द रहने जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ । साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ।