
प्रतिनिधिसभाको बैठकको समय फेरि सरेको छ। विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसकेको भन्दै संसद् सचिवालयले आजै साढे ५ बजे बस्ने गरी समय तोकेको हो।
यसअघि आज १ बजेलाई तोकिएको बैठक सत्तापक्ष र विपक्षी दलहरूबिच सहमति नजुट्दा सवा ३ बजेलाई सारिएको थियो। सारिएको समयमा पनि बैठक बस्न नसकेपछि पुनः साढे ५ बजेलाई तोकिएको हो।
भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाका विषयमा सत्ता र प्रतिपक्षी दलहरूको आ–आफ्नै अडानका कारण प्रतिनिधिसभा बैठक लगातार अवरोध हुँदै आएको छ।