१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format o९:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिलोपटक मन्त्र अस्पतालमा मेरुदण्डको अप्रेसन 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format o९:११:oo

कञ्चनपुरको एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल शल्यक्रिया (अप्रेसन) गरेको छ। भीमदत्त नगरपालिका– ३, महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो। मन्त्र अस्पतालका प्रबन्ध–निर्देशक डा. गोविन्द रोकायाले अस्पतालले  पहिलोपटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए । 

उनका अनुसार ९ जेठ ०८२ मा बुटवलदेखि महेन्द्रनगर आउने क्रममा सवारीसाधन (बस) दुर्घटनामा परेर घाइते भएका बेदकोट  नगरपालिका– १ का ३१ वर्षीया धीरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो । घाइते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए । खत्रीको अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामीलगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेकाे हाे ।

स्थानीय स्तरमै रहेको अस्पतालमा सफल अप्रेसन गरेपछि खत्री परिवारसमेत हर्षित भएका छन् । कम खर्च, स्थानीय अस्पतालमै उपचार भएपछि घाइते खत्री परिवार हर्षित भएका हुन् । घाइते खत्रीलाई केही दिन चिकित्सककै निगरानीमा उपचार गर्नुपर्ने भएकाले मन्त्र अस्पतालमै राखिएको छ । 
 

छुटाउनुभयो की ?