मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्व वरीयतामा एरिका २७औँ स्थानमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:२६:oo
  • कराँते वान प्रिमियर लिगमा कांस्य पदक जित्नुअघि ६८ केजी तौल समूहमा ५०औँ वरीयता पाएकी नेपालकी एरिका गुरुङले एकैपटक २३ स्थान सुधार गरिन्

नेपालकी कराँते खेलाडी एरिका गुरुङ आफ्नो तौल समूहको विश्व वरीयतामा २७औँ स्थानमा पुगेकी छिन् । विश्व कराँते महासंघले बुधबार सार्वजनिक गरेको विभिन्न तौल समूहको वरीयतामा एरिकाले एकैपटक २७औँ स्थान सुधार गरेकी हुन् ।

यसै साता मोरोक्कोमा भएको कराँते वान प्रिमियर लिगअन्तर्गत महिला कुमुते ६८ केजी तौल समूहमा उनले मुलुकलाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । नेपालको कराँते इतिहासमा अहिलेसम्म प्राप्त पदकमध्ये एरिकाले मोरोक्कोमा हात पारेको ठूलो मानिएको छ ।

महासंघले जारी गर्ने कुनै पनि तौल समूहको वरीयतामा उच्च स्थान पाउने एरिका पहिलो खेलाडी भएको नेपाली राष्ट्रिय कराँते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले बताए । ‘एरिकाले प्राप्त गरेको वरीयता अहिलेसम्मकै ठूलो हो,’ श्रेष्ठले भने, ‘यसलाई पनि ऐतिहासिक मान्नुपर्छ ।’ कराँते वान प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि उनको अहिले १४१० रेटिङ अंक रहेको छ । महासंघका अनुसार एरिकाले अहिलेसम्म १५ बाउटबाट वरीयता अंक जोडेकी हुन् । मोरोक्कोमा प्रतिस्पर्धा गर्नुअघि उनको वरीयता ५०औँ स्थान थियो । उनी विश्व कराँतेको सबैभन्दा प्रतिष्ठित मानिने प्रतियोगितामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । एरिकाले लिगको सेमिफाइनलमा विश्वकै नम्बर एक खेलाडी स्पेनकी मारिया टोरेस गार्सियासँग ५–५ को बराबरी खेलेकी थिइन् । तर, एरिका सेन्सुका आधारमा पराजित भइन् । 

अर्को संस्करणमा सिधै छनोट
कराँते वान प्रिमियर लिगको महिला ६८ केजीमाथि तौल समूहको भिडन्तमा उनले फ्रेन्च खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले हराउँदै कांस्य पदक जितेकी थिइन् । सो प्रतियोगितामा विश्वका उत्कृष्ट ३२ खेलाडीले मात्र सहभागिता जनाउन पाउँछन् । एरिकाले रिप्लेसमेन्टमार्फत अवसर पाएकी हुन् । जहाँ वरीयतामा माथि रहेका खेलाडीलाई माथ दिँदै एरिकाले पदक जितेकी हुन् । विश्व वरीयतामा २७औँ स्थानमा पुगेपछि अब उनले अर्को संस्करणमा सिधै कराँते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न पाउने भएकी छिन् । २०२५ को सिजनमा एरिकाले कुल ५७० अंकसहित तौल समूहको १८औँ स्थान हासिल गरिन् ।