
राइड शेयरीङसम्बन्धि कानूनको विरोधमा आम हडतालमा उत्रिएका यातायात व्यवसायीसँग बेलुका अबेरसम्म वार्ता जारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वको वार्ता समितिसँग सिहंदरबारमा वार्ता भएको हो।
दिउँसो भएको वार्ता असफल भएपछि बेलुका पुनः भएको हो ।
गण्डकी सरकराले राइड शेयरीङलाई बैधता दिने कानून बनाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्। कास्कीमा चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारिएको छ भने सोमबार देशभरी सार्वजनिक यातायात बन्द गरिएको थियो।