Skip This
धारिलो हतियार प्रयोग गरी बुटवलमा आमासहित दुई बच्चाको हत्या 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
Invalid date format o९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रयोग गरी बुटवलमा आमासहित दुई बच्चाको हत्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

बुटवलमा एक महिलासहित दुई बच्चाको बीभत्स हत्या भएको छ । हत्या भएकाहरूमा बुटवल उपमहानगरपालिका– ११, होराइजनचोकनजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दीपा बस्याल, उनका दुई छोरीहरू सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्याल रहेको प्रहरीले जानकारी दिएकाे छ । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘धारिलो हतियार र हथाैडा प्रयोग गरेर हत्या गरिएको छ। थप अनुसन्धान हुँदै छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले भने । हत्यामा संलग्न आशंका गरिएका काेइराला दीपाका पूर्वपति हुन् । उनी आफ्नै दाजु मारेर जेल बसी केही वर्षअघि संविधान दिवसको दिन आममाफी पाएर छुटेको व्यक्ति रहेको स्थानीयले बताएका छन्। दीपा काेइरालासँग डिभोर्स भएर अर्कैसँग विवाह गरी बसेकी थिइन् । पूर्वश्रीमानले दीपालाई आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी चार बजेतिर हत्या गरेका थिए। 

उनीहरूबिच करिब ८–१० वर्ष पहिले नै सम्बन्धविच्छेद भएको प्रहरीले बताएको छ। यद्यपि, घटनाको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ। घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।