१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
Invalid date format o८:२८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रधानमन्त्री कप महिला भलिबल : आर्मी र कर्णाली बाहिरिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:२८:oo

नवौँ प्रधानमन्त्री (पिएम) कप एनभिए महिला भलिबल लिग २०८२ बाट विभागीय त्रिभुवन आर्मी र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका छन् । सहभागी ६ मध्ये दुई टोली अंकतालिकाको पुछारमा रहेकाले आर्मी र कर्णाली लिग चरणबाट बाहिरिने भएका हुन् । महिलातर्फ नेपाल पुलिस शीर्ष र न्यु डायमन्ड स्पोर्टस् क्लब दोस्रो स्थानमा छन् । लिगअन्तर्गत सोमबार भएको महिलातर्फ एभरेष्ट भलिबल क्लबले कर्णालीमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । 

एभरेष्टले २५–१४, २५–७ र २५–२० ले विजयी भएको हो । दिनको दोस्रो खेल विभागीय डर्बी रह्यो । जसमा पुलिसले आर्मीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पाखा लगायो । निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मीले पुलिसलाई २६–२४ ले हरायो । पुलिसले त्यसपछिका दुई सेट २५–११ र २५–१९ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटको समाप्तिसम्म पुलिसले २–१ को महत्वपूर्ण अग्रता लियो । 

आर्मीले चौथो सेटमा पुनरामगन गर्‍यो । आर्मीले पुलिसको कमजोरी फाइदा लिँदै २५–२१ ले सेट जित्यो । पुलिसले निर्णायक एवं अन्तिम सेटमा आर्मीलाई कुनै पनि मौका दिएन । पुलिसले पाँचौँ सेट १५–९ ले आफ्नो पक्षमा पार्दै आर्मीलाई निराश बनायो । जितसँगै पुलिसले ११ अंक जोड्यो । आर्मीले लिग चरणमा केवल एक अंक बटुल्यो ।

घरेलु टोली गण्डकी अपराजित
पुरुषतर्फ घरेलु टोली गण्डकीले अपराजित यात्रा जारी राखेको छ । गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पाखा लगायो । पुलिसले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–२० ले हरायो । सहज जितसँगै गण्डकीले १५ अंक जोडेको छ । दोस्रो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेटमा २१–२५ ले पछि परेको आर्मीले त्यसपछिका सेटमा उत्कृष्ट प्रदर्शन गर्‍यो । 

आर्मीले कोशीमाथि २५–१९, २५–२१ र २५–२० ले आफ्नो पक्षमा पारेको थियो । पाँच खेल सकेको आर्मीको आठ र कोशीको तीन अंक रहेको छ । हेल्प नेपाल स्पोर्टस् क्लबले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको छ । जितसँगै गण्डकीले हेल्प नेपालसँग समान १५ अंक बनाएको छ । हेल्प नेपालले सेटको आधारमा शीर्ष स्थानमाथि कब्जा जमाएको छ । पुरुष र महिलातर्फका विजेताले समान आठ लाख र उपविजेताले चार लाख रुपैयाँ पाउनेछन् । विजेता टोलीले आउँदो जुलाईमा माल्दिभ्समा आयोजना हुने काभा च्याम्पियनसिप लिगमा सहभागी हुन पाउनेछन् ।