१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अख्तियारबाट अनुसन्धान नटुंगिँदै गृहमन्त्रीलाई कांग्रेसको ‘क्लिनचिट’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले गृहमन्त्रीको संलग्नता नरहेको भन्दै उनले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको हो। 

बैठकमा मन्त्री लेखकले आफ्नो संलग्नता नभएको भनेर सो प्रकरणबारे सविस्तार बताएको र आफूहरू त्यसमा विश्वस्त भएकाले राजीनामा दिनुनपर्ने निर्णय भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए। 

अख्तियारले गत बुधबार विमानस्थलस्थित अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। अध्यागमनमा संस्थागत र संगठित रूपमा भिजिट भिसाको सेटिङ बढेको सूचना संकलन गरी आयोगले छापा हानी हाल अनुसन्धान गरिरहेको छ। आयोगले अनुसन्धान थालेको एक साता नहुँदै पार्टीले गृहमन्त्री लेखकलाई ‘क्लिनचिट’ दिएको हो। 

कांग्रेसकै नेताहरू डा. शेखर कोइरालालगायतले समेत नैतिकताका आधारमा भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने सार्वजनिक रूपमा बताइसकेका छन्। 

अख्तियारले सहसचिव भट्टराई तथा बिचौलियाको मोबाइल जफत गरी थप प्रमाण संकलन गरिरहेको छ । सहसचिव भट्टराईलाई गृहमन्त्री लेखकले गत असोजमा अध्यागमनमा पठाएका थिए। त्यसयता भिजिट भिसाको सेटिङ बढेको थियो। मन्त्रीको लेखकको सचिवालयमार्फत अध्यागमनमा कर्मचारी खटनपटन हुँदै आएको छ।