१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
तत्कालीन गृहमन्त्री बालकृष्ण खाण
नयाँ पत्रिका काठमाडाैं
२o८२ जेठ ११ आइतबार o८:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

त्यो भुटानी शरणार्थी काण्ड, यो भिजिट भिसा प्रकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार o८:१६:oo

दुई वर्षअघि प्रहरीले अनुसन्धान गरेको भुटानी शरणार्थी काण्ड र अहिलेको भिजिट भिसामा मानव तस्करी प्रकरणका केही समानता देखिएका छन् । दुवै घटना संगठित र संस्थागत प्रकृतिका छन् भने गृह मन्त्रालयको नेतृत्व नै मुछिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका मानव तस्करी गर्ने प्रयासमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण तथा सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो । तत्कालीन गृहमन्त्री रामबहादुर थापाको सचिवालय नै गिरोहसँग मिलेको थियो ।

त्यतिवेला सिंगो गृह मन्त्रालयलाई बिचौलियाले हातमा लिएर अनुकूल निर्णय गराएका थिए । अहिले भिजिट भिसा प्रकरणमा पनि अध्यागमन नेतृत्व र गृहमन्त्रीको सचिवालयसँग मानव तस्करीमा संलग्न समूहको विशेष हिमचिम देखिएको छ ।

कतिपय कर्मचारी त भिजिट भिसाको एजेन्टकै सिफारिसमा अध्यागमन पुगेको सूचना अख्तियारको छ । यस्तो सेटिङमा दिनमै ५० लाखसम्म लेनदेन हुने गरेको र संस्थागत रूपमै भागबन्डा मिल्ने गरेका सूचनाका आधारमा अख्तियारले कर्मचारी र बिचौलियाको मोबाइल जफत गरेर अनुसन्धान गरिरहेको छ ।