Skip This
नेप्से १९ अंकले बढ्यो, पौने १० अर्बको सेयर कारोबार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से १९ अंकले बढ्यो, पौने १० अर्बको सेयर कारोबार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२५:oo

साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से १९.४० अंकले बढेर दुई हजार ६८८.९१ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स १.५९ प्रतिशतले बढेको छ।

आज ३१४ कम्पनीका दुई करोड २३ लाख ९६ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो दिन नेप्से करिब आठ अंकले घट्दा झन्डै साढे १० अर्बको सेयर कारोबार भएको थियो।

आज बैंक समूहको सूचक सबैभन्दा धेरै ३.९४ प्रतिशतले बढ्दा लघुवित्त २.६१ प्रतिशतले उकालो लागेको छ। यसैगरी, म्युचल फन्ड र निर्जीवन बिमा समूह एक प्रतिशतभन्दा थोरैले वृद्धि भएका छन्।

तर, होटेल तथा पर्यटन र जलविद्युत् समूह क्रमशः २.७८ र १.१० प्रतिशतले घट्दा बाँकी समूहको सूचक एक प्रतिशतभन्दा कमले ओरालो लागेका छन्।

आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एनआइसी एसिया र फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सात प्रतिशतभन्दा धेरैले कमाएका छन् । बाराही हाइड्रोपावर र एमबिएल इक्विटी फन्डका लगानीकर्ताले भने नौ प्रतिशतभन्दा धेरैले गुमाएका छन्।