
नेपाल शिक्षक महासंघका प्रतिनिधिले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति माननीय अम्मरबहादुर थापा र एमाले संसदीय दलका प्रमुख सचेतक माननीय महेश बर्तौलासँग भेट गरी शिक्षकहरूका माग र ऐनको सम्बन्धमा ध्यानाकर्षण गराएका छन्।
यसअघि उपसमितिले बुझाएको प्रतिवेदनमा शिक्षकहरूका माग नसमेटिएको, एसइई हटाउन नहुनेलगायत विषयबारे महासंघले ध्यानाकर्षण गराएको हो। ‘हामीले राख्दै आएका मागका सम्बन्धमा गम्भीर रूपमा फेरि पनि छलफल भयो, छलफलका क्रममा विधेयकले सम्बोधन गर्नुपर्ने माग मुद्दा उल्लेख गरी ध्यानाकर्षण-पत्रसमेत हस्तान्तरण गरियो,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने।
भेटमा समितिका सभापति थापाले शिक्षकहरूसँग भएको सहमति र सम्झौताअनुसार नै तोकिएको मितिमै ऐन ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।