Skip This
मनसुनअघि नै जोखिमको आकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मनसुनअघि नै जोखिमको आकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

सांसदले मनसुनअघि नै विपत् जोखिम न्यूनीकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा  उनीहरूले  मनसुनजन्य विपतबाबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिएका हुन् । विपत् व्यवस्थापन (विपत्) जोखिम न्यूनीकरण, विपत् प्रतिकार्य र विपत् (पुनर्लाभ) सम्बन्धमा भएका कामकारबाही, विपत् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजना सम्बन्धमा बैठक बसेको थियो । 

समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विपत् व्यवस्थापनसम्बन्धी सरकारी नीति तथा योजनाको प्रभावकारी कार्यन्वयन हुनुपर्ने सुझाव दिए । विपत् व्यवस्थापन गर्न समन्वय बढाउनुपर्ने, सुरक्षाका सामग्रीको व्यवस्थापन, समयमा नै राहत व्यवस्थापन, छिटो र सहज रूपमा राहत र उद्धार गर्न स्थानीय तहलाई सक्रिय बनाउनुपर्ने तथा स्थानीय राहत कोषमा रकम पठाउँदा प्रभावकारी र छिटो हुने उनको भनाइ छ । 

 सांसद जगप्रसाद शर्माले सूचना प्रविधिको सदुपयोग गर्दै विपत् जोखिम न्यूनीकरण गर्नुपर्ने सुझाव दिए। विपतका जोखिम भएका बस्तीका मानिसलाई अन्यत्र व्यवस्थापन गर्नुपर्नेमा उनको जोड रहेको छ । 

यसैगरी, सांसद इन्दिरादेवी गौतमले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिइन् । सांसद उदयबहादुर बोहराले समयमा नै उद्धार र राहत उपलब्ध गराउने गरी तयारी थाल्नुपर्ने सुझाव दिए।  

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले यस वर्ष औसतभन्दा बढी वर्षा हुने भन्दै विपत् प्रतिकार्य तथा पूर्वतयारीका लागि  कार्य गर्नुपर्ने र तीनै तहका सरकारबिचको समन्वय बढाउनुपर्नेमा जोड दिए।