Skip This
भारतीय लेखिका मुस्ताकलाई बुकर पुरस्कार
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँदिल्ली
Invalid date format ११:o२:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतीय लेखिका मुस्ताकलाई बुकर पुरस्कार

Read Time : < 1 मिनेट
नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format ११:o२:oo

भारतीय लेखिका, वकिल र अभियानकर्मी बानु मुस्ताकले अन्तर्राष्ट्रिय बुकर पुरस्कार प्राप्त गरेकी छिन् । आफ्नो लघुकथा संग्रह ‘हार्ट ल्याम्प’का लागि उनले यस वर्षको बुकर पुरस्कार पुरस्कार प्राप्त गरेकी हुन् ।

७७ वर्षीया मुस्ताक कन्नड भाषाबाट अनुवादित कथा साहित्यका लागि यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने पहिलो लेखिका हुन् । ‘यो क्षण हजारौँ जुनकिरीले एउटै आकाश उज्यालो पारेको जस्तो लाग्छ,’ उक्त पुरस्कार जितेपछि मुस्ताकले भनिन्, ‘म यो महान् सम्मानलाई एक व्यक्तिका रूपमा नभई अरू धेरैसँग मिलेर उठाइएको आवाजका रूपमा स्वीकार गर्छु ।’ ५० हजार पाउन्ड (६७ हजार डलर) को सो पुरस्कार मुस्ताकले अनुवादक दीपा भस्तीसँग बाँड्नेछिन् । भस्तीले कथा छनोट गर्नसमेत सहयोग गरेकी थिइन् ।

‘हार्ट ल्याम्प’मा सन् १९९० देखि २०२३ बिच मूल रूपमा प्रकाशित १२ कथा संकलित छन् । यी कथाले महिला र केटीहरूको अनुभवमा ध्यान केन्द्रित गर्दै दक्षिण भारतका मुस्लिम समुदायको दैनिक जीवनलाई चित्रण गर्छन् । समालोचकले यस संग्रहको सुक्खा र मधुर हास्य, यसको चतुर, बोलीचालीको शैली र पितृसत्ता, जातिवाद र धार्मिक रुढिवादमाथि गरिएको तीव्र टिप्पणीका लागि प्रशंसा गरेका छन् । दक्षिण–पश्चिम भारतको कर्नाटक राज्यमा बस्ने मुस्ताक महिला अधिकारमा वकालत गर्ने र भेदभावको सामना गर्ने कानुनी कार्यका लागि परिचित छिन् । निर्णायक मण्डलले जोसिली हजुरआमादेखि अल्मलिएका धार्मिक पण्डितसम्मका उनका पात्रलाई ‘अस्तित्व र लचिलोपनको आश्चर्यजनक चित्रण’ भनेर सम्मान गरेको छ ।