Skip This
मेची राजमार्गमा पर्ने हेवाखोलाको ड्राइभर्सनमाथिबाट पानी बगेपछि यातायात बन्द
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
Invalid date format o९:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेची राजमार्गमा पर्ने हेवाखोलाको ड्राइभर्सनमाथिबाट पानी बगेपछि यातायात बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१३:oo

मेची राजमार्गमा पर्ने पाँचथर जिल्लामा रहेको हेवाखोलामा बनाइएको डाइभर्सनमाथिबाट पानी बग्न थालेको र यातायात अवरुद्ध भएको छ। बिर्तामोडबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ आउने मेची राजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाबिच भएर बग्ने हेवाखोलाको डाइभर्सनमा लगाइएका ह्युमपाइप माथिबाट पानी बग्ने थालेको छ । केही ह्युमपाइपहरू बगाएपछि अहिले यातायात बन्द भएको छ । मेची राजमार्गमा पर्ने पाँचथर–ताप्लेजुङ सडकखण्डको यातायात बन्द भएको छ । 

बुधबार साँझ वर्षासँगै आएको बाढी ह्युमपाइपमाथि कुदेपछि यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रुपेश तामाङले बताए । उनले अहिले ठुलै बाढी आएको र पानी ह्युमपाइपमाथिबाट बगेकोले यातायात अवरुद्ध भएको जानकारी दिए । अहिले ताप्लेजुङबाट पाँचथर हुँदै इलाम, झापा तथा अन्य ठाउँमा जाने सवारीकासाधन आवतजावत बन्द भएको छ । 

उता, झापाको बिर्तामोडबाट ताप्लेजुङ आउने मालवाहक तथा अन्य सवारीका साधनसमेत रोकिएको प्रहरी निरीक्षक तामाङले बताए । भलसँगै खोला बढ्दा यहाँका ह्युमपाइप बगाएपछि सो राजमार्ग भएर हिँड्ने यात्रुवाहक सवारी तथा ठुला मालवाहक सवारीका साधन आउजाउ बन्द भएको छ ।