१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ६ मंगलबार ११:o५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संवादमार्फत थाती रहेका मुद्दा समाधान हुन्छन् : जोली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार ११:o५:oo

भाजपा नेता विजय जोलीले नेपाल र भारतबिच थाती रहेका मुद्दा संवादमार्फत समाधान हुने बताएका छन् । सोमबार ‘इन्स्टिच्युट फर पब्लिक पोलिसी एन्ड पार्टनरसिप’ नामक चिन्तन संस्थाद्वारा आयोजित कार्यक्रममा उनले नेपालको अन्य देशसँग सम्बन्धप्रति भारत चिन्तित नभएकोसमेत बताए ।

‘नेपाल र भारतबिचका समस्या वार्ता र समझदारीबाट चाँडै समाधान होस् भन्ने चाहन्छौँ र म यसमा विश्वस्त पनि छु,’ जोलीले भने, ‘दुई छिमेकी मुलुकहरूबिच समस्या हुनु अस्वाभाविक होइन । संवादमार्फत समाधान नहुने विषय छैनन् ।’ जोली निजी भ्रमणका क्रममा हाल काठमाडौंमा छन् ।

भाजपाको विदेश मामिला विभागका पूर्वउपप्रमुख रहेका जोली हाल दिल्ली स्टडी ग्रुप नामक चिन्तन संस्थाका अध्यक्ष हुन् । जोलीले नेपाल धर्मनिरपेक्ष रहने वा हिन्दु राष्ट्र हुनेबारे भारतको कुनै टीकाटिप्पणी नहुने उनको भनाइ थियो । ‘यो नेपालका राजनीतिक दल र नेपाली जनताले तय गर्ने विषय हो । र, यो नितान्त नेपालको आन्तरिक मामिला हो भन्नेमा हामी स्पष्ट छौँ,’ उनले भने ।