Skip This
सरकार ढल्ने अवस्थामा पुग्यो : वर्षमान पुन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ६ मंगलबार
  • Tuesday, 20 May, 2025
२o८२ जेठ ६ मंगलबार १४:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार ढल्ने अवस्थामा पुग्यो : वर्षमान पुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ६ मंगलबार १४:५७:oo

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान सरकार ढल्ने अवस्थामा पुगिसकेको बताएका छन् ।  मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान केपी ओली नेतृत्वको सरकार ढलेमा नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताए । 

‘सरकार ढल्यो भने पहिलोले दाबी गर भनेका छौँ । तेस्रो पार्टीले १८ महिना सरकार चलाएर रेकर्ड बनाएका छौँ, दोस्रोले पनि एक वर्ष चलाएको छ,’ उनले भने, ‘अब पहिलोलाई बहुमत एमाले र माओवादीविना पनि पुग्छ । पहिलोले नेतृत्व दाबी गर भन्ने हाम्रो भनाइ हो । बहुमत नै पुगेन भने हामी सोच्छौँ ।’

पहिलो पार्टीले सरकार नचलाए फ्रेस म्यान्डेटका लागि जनतामा जानु उपयुक्त हुने उनको सुझाव छ । कांग्रेस र एमालेले एक–अर्कालाई तर्साउन माओवादीसँग संवाद भएको हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लामा कुनै सत्यता नरहेको बताए । 

उनले वर्तमान सरकार माओवादीका कारण नभई आफ्नै कारण ढल्ने पनि दाबी गरे । गभर्नर नियुक्ति प्रकरणले सरकार ढल्ने अवस्था बनेको पनि पुनको भनाइ थियो ।